सुन बरामद प्रकरणः भन्सार जाँचपासमा संलग्न दुई कर्मचारीलाई निलम्बनको तयारी


काठमाडौँ – त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाटतस्करीको सुन जाँचपास गराइएको प्रकरणमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी भएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी अनुसन्धान गर्न लागिएको बताए ।

पौडेलले भने, ‘संलग्न कर्मचारीबारे छानबिन गरेर हदैसम्मको कारबाही हुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’
विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार बुधबार बिहान भन्सार जाँचपास गर्ने क्रममा शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । चन्द र ढकालले नै उक्त सामानको चेकजाँच र जाँचपास गराएको पाइएको छ ।

 

प्रतिक्रिया