पाल्पा – बाँदर भगाउन राखेको धरापमा करेन्ट लागेर पाल्पामा दुईजना महिला घाइते भएका छन्।
जिल्लाको तानसेन नगरपालिका वडा नं। ७ स्थित लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी स्थानीय महिला घाइते भएका हुन्।
घाइते हुनेमा ३१ वर्षीया विजिता आले र ३८ वर्षीयाा तिलु थापा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बारीमा घाँस काट्न जाने क्रममा उनीहरू बादँरलाई राखेको पासोमा परेका हुन्।
घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते महिलाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रही निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।


कागजपत्र |


