

ललिता निवास प्रकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ

काठमाडाैं – ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज (बिहीबार) पनि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार पनि बहस हुँदाहँुदै समय सकिएपछि आज बिहीबार थप सुनुवाइ हुने भएको हो ।
कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकैठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

