काठमाडौं उपत्यकाको फोहोर आजदेखि नउठ्ने


काठमाडौं – काठमाडौं उपत्यकामा आजदेखि फोहोर उठाउन छाडिएको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन छाडिएको हो ।

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै रोक्ने गरेका छन् ।

फोहोर उठाएपछि विसर्जन गर्न नपाइने भएपछि उपत्यकामा फोहोर संकलन गर्दै आएका निजी कम्पनीहरुले फोहोर उठाउन छाडेका हुन् ।

यसैबीच, सर्वोच्च अदालतको आदेशपछि ककनी गाउँपालिकाले फोहोर लिएर जाने गाडीबाट शुल्क असुल्ने निर्णय स्थगित गरेको छ ।

प्रतिक्रिया