निगमले तिर्यो ८३ करोड ऋण


काठमाडौं – नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका लिएको ऋण कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

आइतबार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ता भुक्तान गरेको हो ।

यसअघि निगमले २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको गरिसकेको छ ।

विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना समेत तीव्र गतिमा अघि बढाइएको निगमले बताएको छ ।

प्रतिक्रिया