


कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सोमबार २ बजे बस्दै

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। देउवाले आफ्नै निवास धुम्बाराहीमा सोमबार २ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
कांग्रेसको साउन २ गतेबाट केन्द्रीय समिति बैठक बस्दैछ। सोही बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
गएको वर्ष साउन २७ देखि असार २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो। कांग्रेस विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि बस्न सकेको छैन।

