जयनगर-भंगहा रेल सेवा सुरु, बिजलपुरा स्टेसन आइपुग्यो रेल


महोत्तरी – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवाको हरियो झण्डा देखाएर सुचारु गरेका छन् ।

आइतबारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमित सञ्चालन हुने भएको छ । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेशनबाट जयनगरका लागि रेल गुडेको हो ।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको छ । आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए । महोत्तरीको भंगहादेखि जनकपु रहुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ ।

भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर विस्तार गरेको थियो भने १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया