राष्ट्रपति पाैडेलद्वारा ३ विधेयक प्रमाणीकरण


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया