निगमले माग्यो ३० एयरहोस्टेज, यस्तो छ दरखास्तका लागि मापदण्ड (सूचनासहित)


काठमाडौं – नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको विमान परिचारिका पदमा दरखास्त आह्वान गरेको हो ।

रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ ।

योग्य नेपाली नागरिकले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका २५ वर्ष भित्रका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् ।

341689470489.jpg

प्रतिक्रिया