

झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवतजावत बन्द

काठमाडौँ – महाकाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिँदा नेपाल-भारत आवातजावत बन्द भएको छ।
दार्चुलाको महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिएका हो। जसले गर्दा झोमिख भएकाले आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय, दार्चुलाले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ। “झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ, पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ,” दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने।
यो नाकाबाट दैनिक रूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्छन्। जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन्।
पुलमाथि आवतजावत बन्द भएपछि स्थानीय बासिन्दालाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले बताए।
फर्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा ब्लक कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एक लाख अनुदानमा ट्रस्ट निर्माण गरेको उनको भनाइ छ ।
बाख्रा पालनबाट भइरहेको आम्दानी फर्म विस्तारमै लगानी भइरहेको भन्दै बस्नेतले फर्मलाई पूर्ण क्षमतामा २०० बाख्रा पालन गर्ने जानकारी दिए ।
स्थानीय पालिका गलकोट नगरपालिकाले फर्म सञ्चालनका लागि प्राविधिक सहयोग गर्दै आएको बाख्रा पालन किसान बस्नेतको भनाइ छ । फर्ममा उन्नत जातको बोयर बिउँ बोकासमेत रहेको छ ।

