अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको जीवनसंगिनी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुधबार निधन हुनुभएकी सीताको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन्।

आज मात्रै नेपाल भ्रमणमा आएका संयुक्त राज्य अमेरिकाको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र यहाँस्थित अमेरिकी राजदूत डिनआर थम्पसनले पनि दिवङ्गत सीताको तस्बिरमा माल्यापर्ण गर्दै श्रद्धाञ्जली अर्पण गरे।

प्रतिक्रिया