एमालेका नेताहरु सवार गाडी दुर्घटना, पाँचजना घाइते


जनकपुरधाम – सप्तरीमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका हुन् ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराज लगिएको छ ।

एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरु राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया