

प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।
बुधबार श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनै पनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ ।
लामो समयदेखि बिरामी रहेका प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

