कुवेत जान लागेका ११० जना श्रमिकलाई अध्यागमनले फिर्ता पठायो


काठमाडौँ – वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो ।

उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो ।

उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ ।

सलम एयरको उडानबाट मस्कट हुँदै कुवेत प्रस्थानका लागि अनुमति माग गरेकोमा निर्धारित बोर्डिङ समयभन्दा ढिला गरी आइपुगेकोले पनि प्रस्थान अनुमति नदिइएको अध्यागमनले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्पूर्ण प्रक्रिया पुरा गरेर जान लागेकाहरूलाई रोकेको बताए ।

 

प्रतिक्रिया