

एसीसी इमर्जिङ नेसन्स टिम्स कप आजदेखि

काठमाडौं – आजदेखि एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
इमर्जिङ टिम्स एसिया कप आगामी जुलाई २३ सम्म श्रीलंकामा हुनेछ । इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन् ।
इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन्। श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन्।
प्रतियोगिताको पहिलो दिन आज समुह ए अन्तर्गत श्रीलंका ए र बंगालदेश ए तथा ओमान ए र अफगानिस्तान ए टिम खेल्दै छन्।
नेपालले भने आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ।

