विश्व व्यापार संगठनको नेतृत्व अफ्रिकी महिलाले गर्नेमा अमेरिकाको आपत्ति


जेनेभा – नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्ओजी ओकोन्जो–इभिला विश्व स्वास्थ संगठनको प्रमुखमा नियुक्त भएकी छिन्। विश्व व्यापार संगठन नामांकन समितिका अनुसार बुधबार १६४ सदस्यमध्ये अफ्रिकाकी ओकोन्जो–इभिला संगठनको प्रमुखमा नियुक्त भएकी हुन्। उनी संगठनको पहिलो अफ्रिकी महिला हुन्।

यसमा अमेरिकाले भने आपत्ति जनाएको बिबिसीले लेखेको छ। अमेरिकाका अनुसार संगठनमा परिवर्तन ल्याउन र यसको नेतृत्व गर्न दक्षिण कोरियाकी व्यापार, उद्योग तथा उर्जा मन्त्री यु म्युग–हिं हुनुपर्ने भनाइ छ। अमेरिकाले केही समय अघिदेखि नै संगठनको व्यवस्थापनबारे आलोचना गर्दै आइरहेको छ।

ओकोन्जो–इभिलालाई प्रमुखमा नियुक्ति गर्ने निश्कर्षलगत्तै अमेरिकाले विरोध गरेको हो। योसँगै समिति सदस्यबीच ओकोन्जो–इभिलालाई संगठनको नेतृत्व गर्न दिने विषयमा शंका उब्जिएको छ।

अमेरिकी नीति प्रतिनिधि कार्यालयले जारी गरेको आलोचनात्मक विज्ञप्तिमा लेखिएको छ, ‘संगठनको नेतृत्व अनुभवी व्यक्तिले गर्नुपर्छ। म्युग–हिं यसका लागि दक्ष तथा अनुभवी छिन्।’ विज्ञप्तिमा थप लेखिएको छ, ‘संगठन र अन्तर्राष्ट्रिय व्यापारका लागि अहिले निकै कठिन समय चल्दै छ।

२५ वर्षमा बहुपक्षीय ट्यारिफ सम्झौता भएको छैन। विवाद समाधान प्रणाली नियन्त्रणबाट बाहिर गइसकेछ। र, निकै कम सदस्यहरूले आधारभूत पारदर्शी दायित्व पूरा गरेका छन्। विश्व व्यापार संगठनमा ठूलो सुधारको आवश्यक छ।’ विज्ञप्तिमा ओकोन्जो–इभिला नाम भने कतै उल्लेख गरिएको छैन।

बुधबार संगठनको प्रतिनिधिहरूको बैठकमा भएको छलफलपछि प्रवक्ता केथ रकवेलले ओकोन्जो–इभिलाको नियुक्तिमा एक सदस्य देशले समर्थन नगरेकाे बताए।

‘सबै अभिव्यक्तिहरुले छलफलमा आफ्नो विचार व्यक्त गरे। ओकोन्जो–इभिलालाई प्रमुखमा नियुक्त गर्ने विषयमा सबैले समर्थन पनि गरे’, उनले भनेका छन्, ‘एउटा राष्ट्रले भने गरिएको निश्कर्षमा समर्थन गरेन।’

प्रतिक्रिया