
राष्ट्रपति पौडेलले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।
दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए ।
बुधबार बिहान नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो ।



कागजपत्र |
