

स्वर्गीय सीताको आजै पशुपतिमा अन्त्येष्टी गरिने, ११ देखि १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली दिइने

काठमाडौं – नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको आजै अन्तेष्टी गरिने भएको छ ।
बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको जनाउँदै सचिवालयले स्वर्गीय दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखे जनाएको छ ।
सचिवालयले आजै दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी दिएको छ । अहिले प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा रहेका छन् ।

