मनाङ एयरको हेलिकोप्टर दुर्घटना : सबै शव काठमाडौं ल्याइयो


काठमाडौं – मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ।

अल्टिट्युड एयरको हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। खराब मौसमका कारण दुर्घटनास्थलमा पुग्न नसकेपछि अल्टिट्युडको दुवै हेलिकप्टर सोलुखुम्बुकै भकञ्जेमा अवतरण गरिएको थियो । स्थानीय र प्रहरीको सहयोगमा शवलाई गाडीमा हालेर भकञ्जेसम्म ल्याइएको थियो ।

त्यहाँबाट शवलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो। मंगलबार बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको ‘नाइन एनए–एमभी’ हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

सम्पर्कविहीन भएको हेलिकप्टर लामजुरामा दुर्घटना भएको खबर पाएपछि प्रहरीको टोली पुगेको हो। दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको छ।

क्याप्टेनसहित ६ जना सवार जहाज दुर्घटना हुँदा सबैजनाको निधन भएको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया