

बाँकी उपचार सरकारले गर्ने र रोजगारी दिने भएपछि जैसीले तोडे अनसन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन हप्तादेखि अनसनरत वीरेन्द्र जैसीको बाँकी उपचार खर्च सरकारले व्यहोर्न र रोजगारी दिने प्रतिवद्धता जनाएपछि उनले अनसन तोडेका छन् ।
वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका, २०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि तीन हप्तादेखि अनसनरत जैसीको बाँकी उपचार प्रहरी अस्पतालमा गर्ने भएपछि उनले अनसन तोडेका हुन् ।
गृहमन्त्री श्रेष्ठले हालसम्मको उपचार खर्चमा नेपाल सरकालले व्यहोर्न बाँकी भनिएको जायज खर्चको प्रबन्धको पहल गर्ने र नेपाल प्रहरीभित्रै कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गर्ने प्रतिबद्धता गरेपछि जैसी अनसन तोड्न तयार भएका हुन् ।

