


बैतडी बस दुर्घटना अपडेट : एक जनाको मृत्यु

बैतडी – बैतडीको मेलौलीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन ।
दुर्घटनामा ३९ जना घाइते भएका छन् । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ७ स्वाखानीमा आज दिउँसो १ बजेतिर दुर्घटना भएको हो ।

