

तिनाउ पुल नजिकै मृत भेटिए बुटवलका सुमन

बुटवल – बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन्।
शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

