प्रतिनिधिसभा बैठकः तीनवटा विधेयक प्रस्तुत हुने


काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रवारको बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक -२०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक -२०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक-२०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

र, आजै सो विधेयक माथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

प्रतिक्रिया