

मदन भण्डारी हत्याकाण्ड प्रतिवेदन–१ः दुर्घटना नभई षडयन्त्रमूलक राजनीतिक हत्या

काठमाडौं– ३ जेठ ०५० सालमा चितवनमा जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको दाबी गरिएको छ। दुर्घटनामा निधन भएको देखाइए पनि त्यसलाई राजनीतिक हत्याकाण्डको नाम दिएपछि घटना रहस्यमा नै छ।
त्यसका एक जना जीवित प्रमाण अमर लामालाई केही बर्षपछि तत्कालिन माओवादीले हत्या गरेको थियो। मदन भण्डारी हत्याकाण्डपछि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा छानबिन समिति बनेको थियो।
त्यसले एउटा प्रतिवेदन तयार पार्दै राजनीतिक हत्याकाण्ड भन्यो। तर हत्याराको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। नेकपाको आन्तरिक विवादका क्रममा यो सवाल व्यापक बनिरहेको छ।
यहि मेसोमा उक्त प्रतिवेदनमा के लेखिएको थियो? जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ।
(यो प्रतिवेदनका मुख्य अंश नियमित दैनिक प्रकाशित हुनेछन्– प्रधानसम्पादक)

