एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेको निधन


पाल्पा – नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ।

बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातको कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो।

उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए।

स्वर्गीय पाण्डेको पार्थिव शरीरलाई शनिबार बिहान ८ बजे देखि साढे आठ बजेसम्म तानसेन टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ। उनको अन्त्येष्टि आजै राम्दी घाटमा गरिने गैरेले बताए।

प्रतिक्रिया