राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट


काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल(हेलले शुक्रबार बिदाई भेट गरेका छन् ।

राजदूत हेलले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा गरेको भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा गरे ।

अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।

‘कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको छ । नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिवद्ध छ’, उनले भने, ‘कतार लगायतका मुलुकको थप उन्नत बन्दैगएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’

दुई देशबीचको सीधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको बताए । पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एअरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सीधा हवाई उडान गरिरहेका बताए ।

त्यस्तै, नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको बताए ।

भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पुर्याएको योगदानको प्रशंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।

पोखरा लगायतका विमानस्थलमा सीधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा ५र६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिकृया पाउन नसकेको गुनासो समेत गरे ।

नेपालले चासो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या नभएको बताए।

प्रतिक्रिया