

मल खरिद प्रक्रिया जी टू जी नै हुनुपर्छ : मन्त्री भुसाल

काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसालले मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसको संसदको अर्थ समितिको बैठकमा उनले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र खरिद प्रक्रिया जी टू जी हुनुपर्ने बताएका हुन् ।
खरिद प्रक्रिया लामो भएका कारण मल अभाव भएको भन्दै उनले जी टू जी प्रक्रियामा मल खरिद गर्नुपर्ने बताएका हुन् । ल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको मन्त्री भुसालले जानकारी दिए ।
उनका अनुसार हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

