

कोशी प्रदेशको मुख्यमन्त्रीमा थापा आजै नियुक्त हुँदै

काठमाडौं – कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा आजै नियुक्त हुने भएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने र मन्त्रीहरू क–कसलाई पठाउने भन्ने विषयमा भोलि मात्रै छलफल हुने बताए । उनका अनुसार आज ४ स्३० बजे दाबी पेश गर्ने तयारी गरिएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरूलाई निर्देशन दिएका थिए । उक्त दाबी पेश गर्ने गठबन्धन दलका नेताहरु काठमाडौँबाट विराटनगर जाने क्रम सुरु भएको छ ।
गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभए पनि थापालाई नै मुख्यमन्त्रीको रूपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख परशुराम खापुङकोमा दाबी पेश गर्न लागेको हो । कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३) (सभामुखसहित) एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रवार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।

