

कञ्चनपुरमा ३७ वर्षीय युवक मृत फेला

कञ्चनपुर -कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।
बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् ।
बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट सोमबार पानी जमेको खाल्डोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

