सुनकोशी नदीमा एक पुरुषको बेवारिसे शव फेला


सिन्धुली – सिन्धुलीको सुनकोशी नदीमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-७ अधेरी खोलाको दोभानस्थित सुनकोशी नदी किनारमा नाम थर नखुलेको अन्दाजी वर्ष ३५/३६ को एक पुरुषको शव फेला परेको हो।

ती पुरुषको दाहिने हातमा लक्की शर्मा लेखिएको टाटु खोपिएको छ। शवको पहिचानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए।

उक्त पुरुषलाई खोला तथा नदीले बगाएको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया