दुर्घटनामा घाइते प्रधानाध्यापकको निधन


काठमाडौँ – दाङको तुलसीपुरको बुद्ध चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जना शिक्षकको उपचारका क्रममा मङ्गलवार निधन भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ का ५८ वर्षीय खोपीराम अधिकारीको उपचारका क्रममा मङ्गलवार बिहान पौने ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अधिकारी तुलसीपुर–११ स्थित आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक थिए। दुर्घटना भएको दिन उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको टाउको, अनुहार लगायतमा गहिरो चोट लागेको थियो।

अधिकारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तत्कालै नेपालगञ्ज रिफर गरिएको थियो।

अधिकारी तुलसीपुर–१६ लहलौराका ५६ वर्षीय नवराज डाँगीले चलाएको मोटरसाइकलको पछाडि सवार थिए। डाँगी पनि शिक्षक हुन्। दाङ घोराहीस्थित गोरखा हस्पिटलमा उनको उपचार जारी रहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया