अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु


सन्धीखर्क – अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै गएको पहिरोले गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।

आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो ।

घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया