कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन सत्ता गठबन्धन सहमत


काठमाडौं – सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी भएको हो।

कोशीको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट कांग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि सार्ने सल्लाह हामीले दिएका छौं,’ बैठकमा सहभागी एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भने।

नेकपा ९एमाले० का हिक्मत कार्की नेतृत्वको सरकार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो। त्यसपछि को मुख्यमन्त्री बन्ने भन्नेमा सत्ता गठबन्धनका दलहरूबीच प्रदेशमा कुरा मिल्न नसकेपछि माओवादी केन्द्र र कांग्रेसका नेताहरू काठमाडौं आएका थिए।

कोशीको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए।

प्रतिक्रिया