निर्वाचन आयोगको कामप्रति देउवाको आशंका


बुटवल – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएको भन्दै आशंका व्यक्त गरेका छन् । रुपन्देही जिल्ला सदरमुकाम भैरहवामा काँग्रेसका विरोधसभालाई सम्बोधन गर्दै उनले आयोगको काम कार्वाहीप्रति आशंका व्यक्त गरेका हुन् ।

निर्वाचन आयोगलाई काम गर्न अदालतको निर्णय कुर्नु नपर्ने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको साँठगाँठमा कार्यतालिका ल्याउन ढिलाई गरिएको हुनसक्ने आशंका व्यक्त गरे । संसद विघटन गरेको ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने बताउँदै देउवाले निर्वाचन आयोग नै अदालतको निर्णय कुरेर बसेको भन्दै आलोचना गरे ।

उनले भने, ‘निर्वाचन आयोगले किन अहिलेसम्म निर्वाचन कार्यक्रम बाहिर निकाल्दैन रु चुनाव नगराउने हो भने भन्नुपर्यो चुनाव गराउँदिन भनेर । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरू गरेकै छैन । कुनै पनि संसदको विघटन भएको छ, महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।’

प्रतिक्रिया