


असार २० गतेका लागि तोकियो प्रतिनिधिसभाको अर्को बैठक

काठमाडौं – प्रतिनिधिसभाको आगामी बैठक असार २० गते बस्ने भएको छ।
आइतबार बसेको बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएका छन्।
अर्थमन्त्री डा.प्रकाश शरण महतले दुवै विधेयक संसदमा पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। विधेयकमा सांसदहरूले आ-आफ्ना धारणा राखेका थिए।
अर्थमन्त्री महतले दुवै विधेयकको प्रस्तावमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।

