७ दिनभित्र ललिता निवास परिसरको संरचना हटाउन महानगरको अल्टिमेटम


काठमाडौं – काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

आइतबार महानगर प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले साे निवासभित्र रहेका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको जानकारी दिए ।

निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् ।

प्रतिक्रिया