रक्तदान कार्यक्रममा कान्छी सांसद डाँगी


काठमाडौं – न्यू मिलेनियम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २५ जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा कलेजका कार्यकारी निर्देशक श्यामप्रसाद मैनाली, नेपालकी कान्छी सांसद भनेर चिनिने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीलगायत, विभिन्न कलेजका प्राध्यापक तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

न्यू मिलेनियम कलेज, लाइन्स क्लब अफ काठमाडौं बासुकी, लियो क्लब काठमाडाैं परिकल्पना र श्री धुम्रवराह क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको कलेजका प्रमुख हरेराम शर्मा फुयाँलले जानकारी दिए । हाल दिनहुँ रगतको अभाव भई उपचारमा बाधा भएको समाचार देखिएकोले समस्या समाधानमा मद्दत पुर्‍याउने उद्देश्यले  रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

शनिबार भएको रक्तदान वर्षाका कारण दाताको उपस्थिति अनुमान भन्दा  कम भएको आयोजकले जनाएको छ । कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया