

चार पूर्वप्रधानन्यायाधीशद्वारा सर्वोच्चमा लिखित जवाफ पेश, त्यसअघि के गरेका थिए?

काठमाडौं– चार जना पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतको अवहेलना सम्बन्धी मुद्दामा सोमबार आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्।
प्रतिनिधि सभा विघटनविरूद्ध चार जना न्यायाधीशले संयुक्त वक्तव्य जारी गरेपछि अदालतको अवहेलना भएको मुद्दा परेको थियो। सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल ईजलासले गत १५ माघमा अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र मीनबहादुर रायमाझीसँग लिखित जवाफ माग गरेको थियो।
सोही आदेशअनुसारको लिखित जवाफ पेश गरिएको हो। बाटोको म्यादबाहेक ७ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको थियो। तर, अदालतबाट तामेलदार नआएपछि उनीहरू आफैंले मुद्दा बुझेपछि लिखित जवाफ पेश गरेका हुन्।
चारै जनाले संयुक्त वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको र सरकारको पनि स्थायित्वको लागि वर्तमान संविधानमा गरिएको महत्वपूर्ण परिवर्तनकारी व्यवस्थाको उपेक्षा गरी विना कुनै अवरोध वा समस्या दण्डित गरी प्रतिनिधिसभा विघटन गर्ने असामान्य राजनीतिक एवं संवैधानिक गतिरोधको रुपमा लिनुपर्ने जनाएका थिए।

