शेयर बजारमा हरियाली, कति पुग्यो त इन्फ्रास्ट्रक्चर बैंकको शेयर ?


काठमाडौं– आइतबार ३३ अंकले घटेको शेयर बजार सोमबार कारोबार सुरु हुने बित्तिकै उछाल लिएको छ ।

आइतबारदेखि कारोबार सुरु भएको इन्फ्रास्ट्रक्चर बैंक ९.८९ प्रतिशतले बढ्दै ४११ मा पुगेर कारोबार रोकिएको छ ।

सोमबार कारोबार सुरु भएको २ मिनेटमै इन्फ्रामा सकारात्मक सर्किट लागेको छ । पछिल्लो सर्किटसँगै इन्फ्राक्ट्रक्चरको शेयरमाग ३० लाख कित्ता बराबर रहेका छन् ।

दोस्रो बजारमा कारोबार सुरु भएपछि सर्वाधिक कारोबार भइरहेको इन्फ्रास्क्ट्रचरको शेयर लगातार दुईदिनसम्म करिब १० प्रतिशतका दरले बढीरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार १२ इन्डिकेटरमध्ये म्युचल फन्डबाहेक सबै इन्डिकेटर बढेका छन् ।

प्रतिक्रिया