बेलायती प्रधानमन्त्री आर्थिक संकटमा


लण्डन(एजेन्सी)– के तपाईंले कुनै देशको प्रधानमन्त्रीलाई उनको मासिक तलबबाट गुजारा चलाउन समस्या छ भन्ने सुन्नु भएको छ । सायद यो कुरा सुनेर तपाईं चकित पनि पर्न सक्नुहुन्छ कि ब्रिटेनका प्रधानमन्त्री अहिले यस्तै समस्या भोगिरहेका छन् ।

ब्रिटिस सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री बोरिस जोनसनको जीवन उनको तलबले राम्ररी चल्न सकेको छैन । त्यहीकारण उनी राजीनामा दिने विचार गरिरहेका छन् । उनको वर्षेनी तलब १ करोड ४३ रुपैंयाँ छ ।

यही तलबमा उनले आफ्नो ६ सन्तान र पूर्व पत्नी मरीना वीलरलाई पाल्नकै लागि राम्रो रकम दिनुपर्ने हुन्छ । प्रधानमन्त्री हुनु अघि बोरिस अखबारमा लेख लेखेर दुई गुना पैसा कमाउथे ।

बोरिसले राजीनामा दिने सोच बनाएपछि नयाँ प्रधानमन्त्रीको चर्चा परिचर्चा शुरु भएको छ । प्रधानमन्त्रीको दौडमा इम्फोसिसका सहसंस्थापक नारायणमूर्तिका ज्वाई तथा ब्रिटेनका वित्तिय मन्त्री ऋषि सुनको नाम चर्चामा छ ।

प्रतिक्रिया