

तीनवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा पदबहाल भएको तीन वर्ष पुगेको अवसरमा तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।
सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको उद्घाटनपछि ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुने भएको छ ।
ओलीले त्यहीँबाट सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

