बजेटको पक्षमा मतदान गर्न जसपाद्वारा ह्विप जारी


काठमाडौं – बजेटमा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी (जसपा)ले पनि बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

आज बसेको संसदीय दलको बैठले बजेटको पक्षमा मतदान गर्ने निर्णय लिँदै ह्विप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिएका छन्।

यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले नै यथास्थितिमा बजेट पास नहुने बताउँदै आएका थिए। बजेट संसोधन नभएसम्म त्यसको पक्षमा मतदान नगर्ने घोषणा समेत गरेका थिए।

आजको बैठकपछि भने जसपा बजेटको पक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको हो। आजै एकीकृत समाजवादीले पनि बजेटको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया