

न्याय परिषद्को बैठक बस्दै

काठमाडौँ – न्याय परिषद्को बैठक आज बस्ने भएको छ।
रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बस्न लागेको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने आजको बैठकले न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।
सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन्। आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।
न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।

