अलिबाबाका संस्थापक ज्याक मा काठमाडौंमा


काठमाडौं – चिनियाँ धनाढ्य व्यापारी ज्याक मा काठमाडौं आइपुगेका छन् ।

विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यगमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिए ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया