
जलहरीमा नाम लेखाउने मोह भर्त्सनायोग्यः सांसद गाैतम
काठमाडौं – नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले पशुपतिनाथको जलहरीमा नाम लेखाउने कार्यको विरोध गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद गौतमले भनिन्,‘१३ जनाको नाम पार्वतीको अंगका रुपमा पूजिने जलहरी सुवर्ण पिठिकामा आफ्नो नाम कुदेर लेख्ने मोह अति निन्दनीय मात्र हैन भर्त्सनायोग्य छ।’
मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर उनले पशुपतिनाथको गर्भगृहमा राखिएको जलहरीको सबै सुन राज्य कोषमा दाखिला गरी पशुपतिनाथको मौलिक स्वरुप पुरानै अवस्थामा राख्न माग गरिन् ।
‘गर्भगृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता, हाम्रो परम्परा छ । धर्मको नाममा नौटंकी बन्द गराइ चढाएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपति नाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा रखियोस् ।’



कागजपत्र |
