
ललिता निवास प्रकरणः मिनबहादुर पछि मालपोतका ४ पूर्व कर्मचारी पक्राउ
काठमाडौं – ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले थप चार पू्र्व मालपोत कर्मचारीहरू पक्राउ परेका छन् । ब्यूरोले मंगलवार बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गर्नासाथ डिल्लीबजार मालपोतका तत्कालिन कर्मचारीहरू पनि पक्राउ गरेको हो ।
प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो।
ललिता प्रकरणमा अन्य केही मानिसलाई पनि निगरानीमा राखेर पक्राउ गर्ने तयारी गरिरहेको छ। २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर भएको थियो। जसमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।



कागजपत्र |
