

बजेट पास गर्न ह्विप लगाउँदै एकीकृत समाजवादी

काठमाडौं – नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाउने तयारी गरेको छ । सो पार्टीले मंगलबार बिहान संसदीय दलको बैठक बोलाएर बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको हो ।
सांसद मेटमणि चौधरीले मंगलबार बिहान दलको बैठक बोलाएको बताए । उनले सोही बैठकले सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेको बताए ।
एकीकृत समाजवादीका अधिकांश सांसदहरू आर्थिक वर्ष ८० को बजेटप्रति असन्तुष्ट हुँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि पार्टीले उनीहरूलाई ह्विप लगाउन लागेको हो ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद रहेका छन् ।

