न्यायपरिषद्को बैठक विना निष्कर्ष सकियो, बुधबार पुन: बस्ने


काठमाडौं – न्यायाधीश नियुक्तिको एजेण्डासहित बसेको न्याय परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । न्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल भएपनि अर्को बैठकमा थप छलफल गर्ने गरी सोमबारको बैठक सकिएको हो ।

न्यायाधीश नियुक्तिका लागि बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरुका सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा प्रस्तावित न्यायाधीशको विषय टुङ्गोमा पुग्न नसकिएको र प्रत्येक व्यक्तिको सम्बन्धमा छुट्टाछुट्टै छलफल भएको बताइएको छ ।

प्रस्तावित न्यायाधीशहरुको विषयमा परिषद्का सदस्यबचि छलफल नसकिएपछि बुधबार पुनः बैठक बस्ने गरी सोमबारको बैठक सकिएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अब अर्को बैठक असार १३ गते बस्नेछ ।

प्रतिक्रिया