पशुपतिको जलहरीबारे सत्यतथ्य कुरा सार्वजनिक गर्नुपर्योः पाैडेल


काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिको जलहरीबारे सत्यतथ्य कुरा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले उक्त विषय चर्चामा रहेको भन्दै सदनलाई जानकारी गराउन सरकारँग माग गरेका हुन् ।

पौडेलले भने, ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यसको सत्यतथ्य जानकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’

संसदमा गम्भीरतापूर्वक उठेको विष हुँदा सत्यतथ्य जानकारी गराउनको लागि सम्बन्धित निकायसँग पौडेलको माग थियो ।

प्रतिक्रिया