बालेनविरुद्धको मुद्दाको सुनुवाई आज सातौं नम्बरमा, सुनुवाई हुने सम्भावना


काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा आज सातौं नम्बरमा परेको छ ।

हिजो आइतबार पनि न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको मुद्दा १९ औं नम्बरमा रहेकोले हेर्न नभ्याइनेमा परेको थियो ।

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरिएको छ ।

प्रतिक्रिया